|  

बबई नदी किनारमा तीन जनाको शव फेला

२० असोज, काठमाडौं। दाङको बबई नदी किनारमा तीन जनाको शव फेला परेको छ । तुलसीपुर-१३ बबरपुरमा शव फेला परेको हो ।

नचिनिने अवस्थामा शव रहेको तुलसीपुर -१३ का वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिए । शव भेटिएको स्थलमा प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दा पुगेका छन्। नदीले बगाएको अवस्थामा शव भेटिएको हो ।

कस्को शव हो र कहिले बगाएको हो भन्ने बारेमा केही खुलेको छैन । वडा अध्यक्ष पौडेलले अन्य कारणले मृत्यु भएको र गाडिएको शव खोलाले बगाएको हुन सक्ने बताए । शव पुरानो भएकाले यस्तो अनुमान गरिएको वडाअध्यक्ष पौडेलले बताए ।