|  

शेखर-गगन समूहको भेला जारी

२० असोज, काठमाडौं । नेपाली कांग्रेस भित्र सीट बाँडफाँटमा असन्तुष्ट रहेको शेखर-गगन समूहको भेला जारी छ ।

भेलाले संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदका बारेमा छलफल हुनेछ । आगामी ४ मंसिरका लागि हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसको विरोधमा कोइराला समूहले केन्द्रीय कार्यालय सानेपा घेर्ने देखी अलग भेला गर्दै आएका छन् ।

समानुपातिक बन्द सुचीमा एकलौटी गरेको भन्दै विरोध गरे पछि संस्थापन पक्षले नामावली सच्याउने काम गरिएको थियो ।