|  

वकिलको उपस्थितिमा आत्मसमर्पण गर्ने लामिछानेको मागलाई प्रहरीले गर्यो अस्वीकार

२० असोज, काठमाडौं । आफ्नो वकिलको उपस्थितिमा आत्मसमर्पण गर्ने सन्दिप लामिछानेले गरेको मागलाई प्रहरीले अस्वीकार गरेको छ ।

लामिछानेविरुद्ध बलात्कारको आरोप लागेको छ । इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएपछि लामिछाने बिहीबार कतार एयरवेजको विमानबाट काठमाडौं आएका छन् । उनले वकिल सरोजकृष्ण घिमिरेको उपस्थितिमा आत्मसमर्पण गर्ने भन्दै सहयोगका लागि आग्रह गरेका थिए ।

अधिवक्ता घिमिरे प्रहरी वृत्त, गौशाला पुगेका थिए । ‘तर म नआइपुग्दै प्रहरी विमानस्थलमा पुगिसकेको रहेछ । गौशालामा आएपछि भेटौं भनेर बसें,’ उनले भने, उहाँहरुले लिएर आउनुभयो । भेट्न खोज्दा निवेदन दिनुपर्छ भन्नुभयो ।’