|  

उपेन्द्र यादव बालकोटमा,आजै सहमतिमा हस्ताक्षर हुने सम्भावना

२० असोज, काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी भएको जसपाका अध्यक्ष उपेन्द्र यादव भने बालकोट गएका छन् ।

अपराह्नदेखि एमाले र जसपाबीच चलेको वार्ता सहमति उन्मुख भएको बताइएको छ । यसअघि नै जसपालाई २५ सीट दिएर चुनावी तालमेल गर्ने अनौपचारिक सहमति भइसकेको थियो ।
सोही अनौपचारिक सहमतिलाई औपचारिकता दिन दुई पक्षबीच छलफल भएको बताइएको छ । 

गठबन्धनमा जसपालाई १६ सीटभन्दा बढी नदिइएपछि यादव एमालेसँग संवादमा थिए । आजै सहमतिमा हस्ताक्षर हुने सम्भावना रहेको स्रोतको दाबी छ ।