|  

ओली: दुर्घटनामा मृत्यु भएकाहरुप्रति समवेदना व्यक्त

२० असोज, काठमाडौं । नेकपा एमालेले बाराको जितपुर सिमरा उपमहानगरपालिका २२ स्थित अमलेखगञ्ज सडक खण्डमा भएकाे दुर्घटनामा मृत्यु भएकाहरुप्रति समवेदना व्यक्त गरेको छ ।

एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले शोक वक्तव्य जारी गर्दै दुर्घटनामा १६ जनाको मृत्यु भएकोप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । घाइतेहरुको शीघ्र स्वाथ्य लाभको कामना गर्दै उपचारको उचित व्यवस्था गर्न पनि एमालेले माग गरेको छ ।

दुर्घटना न्यूनिकरणमा विशेष ध्यान दिन नसक्दा ठूलो मानवीय क्षति भएको भन्दै सडकलाई सुरक्षित बनाउन पनि एमालेले सरकार समक्ष माग गरेको छ ।