|  

प्रचण्ड गोरखा क्षेत्र नं २ बाट चुनाव लड्ने

२२ असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं २ बाट उम्मेदवार बनेका छन् ।

माओवादीको हिजो शुक्रवार बेलुकी बसेको पदाधिकारी बैठकले अध्यक्ष दाहाल गोरखा क्षेत्र नं २ बाट चुनावमा उठ्ने निर्णय गरेको हो ।गोरखा क्षेत्र नं २ को प्रदेश सभातर्फ माओवादी र नेपाली कांग्रेसको उम्मेदवार बन्ने बताइएको छ ।

गोरखा क्षेत्र नं २ मा २०६४ र २०७० सालको संविधान सभा चुनावमा माओवादी केन्द्र विजयी भएको थियो  । विसं २०६४ मा माओवादी नेता डा.बाबुराम भट्टराई विजयी भएका थिए ।