|  

सन्दिपका मुख्य अधिवक्ता घिमिरे अमेरीका जाँदै (भिडियोसहित)

११ कात्तिक, काठमाडौं । सन्दिप लामिछानेका मुख्य अधिवक्ता सरोज कृष्ण घिमिरे आज अमेरीका जाँदैछन् ।

उनी अमेरीकाको फ्लोरिडा स्थित मायमीमा अक्टोबरको ३० तारिखमा हुने अन्तराष्ट्रिय बार एसोशियसनको महा–सम्मेलनमा सहभागी हुन अमेरीका जाने भएका हुन् । त्यहा उनलाई वक्ताको रुपमा आमन्त्रण गरिएको छ ।

प्रत्येक राज्यका बार एसोशियसनका सदस्यहरु सहभागी हुने सम्मेलनमा करिब ५ हजार भन्दा बढी अधिवक्ता सहभागी हुने घिमिरे बताउँछन् । यो सम्मेलन हरेक वर्ष हुदैँ आएको छ । यो पटकको सम्मेलनसहित उनी तीन पटक यस सम्मेलनमा लगातार सहभागी हुनेछन् । यसअघि उनी २०१७ मा सिड्नी भएको सम्मेलनमा वक्ता रुपमा उपस्थित भएका थिए भने २०१९ मा साउथ कोरियाको सिओलमा भएको सम्मेलनमा पनि बक्ताको रुपमा सहभागी भएका थिए । 

यसैवीच, उनी अमेरीका गएपछि पुर्व क्रिक्रेटर लामिछानेको मुद्धामा असर पर्दैन भनेर सोधिएको प्रश्नमा उनले भनेका छन, ‘यसमा म मात्रै हैन हाम्रो टिम बनेको छ । मैले लिड मात्र गरेको हो, म जादा मुद्धामा केही असर पर्दैन । म नभएको समयमा मेरो काम अन्य साथीहरुले गर्नुहुन्छ । हामी सबै मिलेर काम गर्ने कोशिस गरिरहेका छौँ ।’