|  

शंकर क्षेत्री खेलौना हेरेर छोरी मिस गर्दै भावुक, घर जाँदा छोरी र जेरी छन् भनेर सधैं झुक्किन्छन् (भिडियोसहित) 

२१ कात्तिक, काठमाडौं । लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ र श्रीमान् शंकर क्षेत्रीबीच डिभोर्स हुने भएको छ । जेरीले श्रीमान् शंकर क्षेत्रीसँग डिभोर्स प्रक्रिया अगाडि बढाएकी हुन् ।

पाँच वर्ष लामो प्रेम सम्बन्धलाई दुई वर्षअघि प्रेम विवाह परिणत गरेका यी जोडीले आपसी सहमतीमा सम्बन्ध टुङ्ग्याउने भएका छन् ।लोकदोहोरीमै सक्रिय कलाकार बाँनिया र क्षेत्रीले डिभोर्सका लागि काठमाडौं जिल्ला अदालतमा निवेदन दिइसकेका छन् । साथै अहिले उनीहरु अलग्गै बस्दै आएका छन् ।जेरी गोर्खाकी हुन् भने शंकर नेपालगञ्जका हुन् ।

लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरुबीच गायनकै सिलसिलमा प्रेम बसेको थियो ।तर त्यो प्रेम दिगो हुन भने सकेन ।उनीहरूको विवाहपछि सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन ।

अन्ततः उनीहरू सम्बन्धलाई निरन्तरता नदिने निष्कर्षमा पुगेका हुन् । करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत जेरी र शंकरबाट दुई वर्षकी एक छोरी छिन् । छोरीप्रतिको गहिरो मायाँ र लगावले नै होला शंकर क्षेत्री आफुसँगै राद्यने बताइरहेका छन् ।