|  

पत्रकार रामकृष्ण भण्डारीको पुस्तक  ‘सत्ता सङ्घर्ष’ बजारमा 

२८ कात्तिक, काठमाडौं । पत्रकार रामकृष्ण भण्डारीले लेखेको पुस्तक ‘सत्ता सङ्घर्षः३० वर्षमा २८ सरकारका नालीबेली’ बजारमा आएको छ ।

सांग्रिला बुक्सले बजारमा ल्याएको सो पुस्तकमा २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि दलीय दाउपेच र अन्तर्द्वन्द्वले कसरी देश दिशाहीन मात्रै नभएर अस्थिरताको दलदलमा पर्यो भनेर चर्चा गरिएको छ ।भण्डारी कान्तिपुर टेलिभिजनमा कार्यरत रहेका छन् ।

पत्रकार भण्डारीले २८ सरकारका प्रधानमन्त्री लगायत महत्त्वपूर्ण राजनीतिक व्यक्तिसँग विभिन्न घटनाक्रमलाई लिएर प्रत्यक्ष कुराकानी गरेर प्राथमिक स्रोतको रुपमा प्रयोग गरेको बताए ।

नेता, राजनीतिशास्त्रका विद्यार्थी,अध्ययन-अनुसन्धानकर्ता, पत्रकार तथा आमपाठक समेतलाई नेपालको सरकार गठन, विग्रह र संचालन बुझ्ने ह्यान्डबुक हुने प्रशासक संस्थाले जनाएको छ ।