|  

सृजनात्मक शिक्षण पद्धति : शिक्षण क्रियाकलापमा समय विभाजन महत्वपूर्ण

३० कात्तिक, काठमाडाैं । काठमाडौं विश्वविद्यालयको संयोजनमा विभूति विद्या मन्दिरमा सञ्चालित ‘कन्टिन्युअस टिचर्स प्रोफेसनल डेभलमेन्ट कार्यक्रम’अन्तर्गतको चौथो चरणको कार्यक्रम सम्पन्न भएको छ ।

‘सिर्जनात्मक शिक्षण पद्धति अनुसार शिक्षण क्रियाकलापमा समय विभाजन महत्वपूर्ण रहेको र पूर्व प्रचलनमा रहेका पाठ्योजना भन्दा केही भिन्न प्रकृति अर्थात् पछिल्लो समयमा बढी प्रचलनमा रहेको फाइभ ई लेसन प्लाननिर्माण गर्दा सिकाइ बढी प्रभावकारी र दिगो हुने विचार विज्ञको रहेको थियो ।

‘इनोभेटिभ पेडागोजी’अन्तर्गत फाइभ ई लेसन प्लानका प्रमुख पाँच अङ्गहरू इङ्गेजमेन्ट, एक्सप्लोरेसन एक्सप्लानेसन, इलाबोरेसन र इभ्यालुएसन रहेका छन् । यसलाई नै आधार मानेर सिकाइ क्रियाकलाप गराउँदा सिकाइ सिकारु केन्द्रितभई सिकेका कुरा लामो समयसम्म रहने विश्वास रहेको छ ।

यस कार्यक्रममा गरिएका सम्पूर्ण क्रियाकलाप फाइभ ई प्लान अनुसार नै रहेको र फाइभ ई लेसन प्लान निर्माण सँगै यसको प्रयोग गर्नका लागि समेत अभ्यास गराउँदै अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरीएको थियो ।

यसरी नै विज्ञ र शिक्षकहरूको बिचमा भएको अन्तरक्रियात्मक कार्यक्रममा शिक्षण सिकाइका क्रममा आएका समस्याहरू र पाठ्यक्रम र पाठ्पुस्तकका बिचमा तालमेल हुन नसकेको गम्भीर अवस्थाले सिकाइमा पार्ने प्रभाव विषयमा पनि छलफल भएको थियो । हरेक विद्यालयले विद्यालयमा पाठ्यपुस्तक छनोट गर्ने क्रममा पाठ्यक्रम हेरेर सोसँग मेल भएनभएको ख्याल गर्नुपर्ने र पाठ्यक्रम अनुसार पाठ्यपुस्तक छनोट गर्नुपर्ने विषयलाई जोड दिइएको थियो ।

सो कार्यक्रम काठमाडौँ विश्वविद्यालय कार्यक्रम संयोजक डा. पार्वती ढुङ्गानाको संयोजनमा सञ्चालन भएको थियो । कार्यक्रमका प्रमुख प्रस्तोता काठमाडौँ विश्वविद्यालयका शैक्षिक नेतृत्वकर्ता नवीन मरासिनी रहेका थिए । ‘सृजनात्मक शिक्षण पद्धति’ शीर्षकमा सञ्चालित यस कार्यक्रममा विभूति स्कुलका प्रिन्सिपल सहित सम्पूर्ण शिक्षक र किङ्स टाउन मन्टेश्वरी स्कुलका शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो ।