|  

बीबीएस पहिलो वर्षको नतिजा सार्वजनिक

१ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ४ वर्षे बीबीएस अन्तर्गत पहिलो वर्षको परीक्षाफल प्रकाशित गरेको छ । केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार नतिजा प्रकाशित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

परीक्षाको नतिजा विश्वविद्यालयको वेबसाइट टीयू एक्जाम डट ईडीयू डट एनपी र एस एम एसबाट पनि हेर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।