|  

काठमाडौँमा ५ हजार ७७९ सुरक्षाकर्मी परिचालन

२ मंसिर, काठमाडौं । काठमाडौँमा निर्वाचनका लागि ५ दहजार ७ सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, भयरहित र शान्तपूर्णरुपमा सम्पन्न गर्न ५ हजार ७ सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको हो ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले निर्वाचनलाई शान्तपूर्णरुपमा सम्पन्न गर्न काठमाडौँका ३ सय २० मतदानस्थल र सातसय ५७ मतदान केन्द्रमा २ हजार ५ सय नेपाल प्रहरी र ३ हजार २ सय ७९ म्यादी प्रहरी परिचालन गरिएको बताए ।

काठमाडौँको क्षेत्र नं १ मा नेपाल प्रहरी १ सय ११, म्यादी प्रहरी २ सय १८, क्षेत्र नं २ मा नेपाल प्रहरी २ सय १७, म्यादी प्रहरी ४सय एक, क्षेत्र नं ३ मा नेपाल प्रहरी १ सय ६४, म्यादी प्रहरी २ सय ९०, क्षेत्र नं ४ मा नेपाल प्रहरी १सय ८१, म्यादी प्रहरी ३ सय ३९, क्षेत्र नं ५ मा नेपाल प्रहरी १ सय ७८ र म्यादी प्रहरी ३ सय २९ परिचालन गरिएको छ ।

यस्तै क्षेत्र नं ६ मा नेपाल प्रहरी १ सय ६९, म्यादी प्रहरी ३ सय १७, क्षेत्र नं ७ मा नेपाल प्रहरी १ सय ५९, म्यादी प्रहरी २ सय ९३, क्षेत्र नं ८ मा नेपाल प्रहरी १ सय ३८, म्यादी प्रहरी २ सय ४४, क्षेत्र नं ९ मा नेपाल प्रहरी १ सय ९२, म्यादी प्रहरी ३ सय ५३ र क्षेत्र नं १० मा नेपाल प्रहरी २ सय २६ र म्यादी प्रहरी ४ सय २० परिचालन गरिएको छ ।

यसका साथै नेपाल प्रहरीले काठमाडौँमा निर्वाचनलाई मध्यनजर गर्दै मोबाइल गस्ती, सादा पोसाकमा प्रहरी परिचालन, आचारसंहिता उल्लङ्घन अनुगमन, नाकामा सुरक्षा जाँच गर्दै आएको छ । निर्वाचनको मिति नजिकिएसँगै नेपाल प्रहरीले रात्रिकालीन सुरक्षा जाँचलाई समेत कडाइ गरेको छ ।