|  

टेलिकमले ल्यायो एनटिटिभी ग्राहकका लागि विश्वकप फुटबल प्याकेज

३ मंसिर, काठमाडौं । नेपाल टेलिकमले एनटिटिभी ग्राहकका लागि विश्वकप फुटबल प्याकेज ल्याएको छ ।

मंसिर ४ गते देखि हुने विश्वकप हेर्न आफ्ना ग्राहकका लागि प्याकेज उपलब्ध गराउन लागेको टेलकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । अहिले विश्वकप हेर्न निर्धारिक करसहितको शुल्क ५ सय ६५ रुपैयाँ छ । एनटिभीका ग्राहकले कम्पनीको ग्राहक सेवा केन्द्रमा नगएर घरबाटै उक्त प्याकेज खरिद गर्न सक्ने टेलिकमले जनाएको छ ।

प्याकेज खरिद गर्न हिमालयन एचडी टेलिभिजन च्यानलमा गएर ‘बाई प्याकेज’मा क्लिक गर्नुपर्ने हुन्छ। त्यसमा आफ्नो मोबाइल नम्बर हाल्नुपर्ने हुन्छ । नम्बर हालेपछि टेलिकमले पठाएको ओटिपीको प्रयोग गरी प्याकेज गरिद गर्न सकिनेछ । सेवा खरिद गर्दा ग्राहकको मोबाइल ब्यालेन्सबाट रकम काटिनेछ ।

उक्त प्याकेज खरिद गर्न प्रयोग भएको नम्बरमा कम्पनीको तर्फबाट २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जिबी डाटा समेत निशुल्क उपलब्ध गराइने प्रवक्ता अधिकारीले बताए ।  ग्राहकले उक्त प्याकेज लिन ५६५ रुपैयाँ नजिकैको ग्राहक सेवा केन्द्रमा गएर पनि बुझाउन सकिने जनाएको छ ।