|  

ओखलढुंगाको मोलुङमा फेला परेको बम डिस्पोजल

३ मंसिर, काठमाडौं ।  ओखलढुंगाको मोलुङ गाउँपालिकाको कुलखोलामा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

कुलखोलामा प्रेसर कुकरमा खतरा लेखिएको कागजसहितको सामान देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी)माओवादीको पर्चा पम्प्लेट फेला परेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।