|  

बाजुरामा सुरक्षाकर्मीले चलाएको गोली लागेर १ जनाको मृत्यु, ३ घाइते

४ मंसिर, काठमाडौं । बाजुराको एक मतदानस्थलमा गोली लागेर एकजनाको मृत्यु भएको छ ।

जिल्लाका त्रिवेणी नगरपालिका ७ मा रहेको मतदानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय सञ्जिव अएडीको मृत्यु भएको हो ।घटनामा एकजना प्रहरी कर्मचारीसहित तीन जना घाइते भएको बताइएको छ ।