|  

आज काठमाण्डौमा यस वर्षकै चिसो महसुस

५ मंसिर, काठमाडौं । देशैभरको मौसम विस्तार चिसो हुँदै गएको छ । आज काठमाण्डौमा आज यस वर्षकै चिसो महसुस गरिएको छ ।

जाडो बढ्ने क्रममै रहेकाले आउने दिनमा अझै चिसो बढ्ने छ । काठमाण्डौको बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ । यो यस वर्षकै सबैभन्दा कम हो ।

यसअघि गएको नोभेम्बर १३ तारिख अर्थात २७ गते काठमाण्डौको न्यूनतम तापक्रम ८ दशमलव ३ डिग्री सेल्सियस थियो । न्यूनतमसँगै अधिकतम तापक्रम पनि घट्न थालेको छ । काठमाण्डौसहित देशभर नै चिसो बढेको छ ।

यसैवीच,आज प्रदेश-१ का सबैजसो जिल्लाको मौसम आंशिक बदली हुने अनुमान गरिएको मौसमविद् सजिना शाक्यले बताए । उनका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पनि आजको मौसम आंशिक बदली हुने अनुमान छ ।