|  

थप ४ जनामा कोरोना पुष्टि, १८ डिस्चार्ज 

५ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज ५ सय ९२ जनामा परिक्षण गर्दा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ । आज १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोना सक्रिय संक्रमित संख्या ४ सय ६ रहेको मन्त्रालयले जनाएको छ ।