|  

२४ घण्टामा तीन जना डेंगु सङ्क्रमितको मृत्यु

५ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा तीन जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु हुनुका साथै एक हजार ३८० जना डेंगु सङ्क्रमित थपिएका छन् ।

योसँगै नेपालमा मृत्यु हुने डेंगु सङ्क्रमितको सङ्ख्या ६० पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ७७ जिल्लाबाट ५२ हजार ५५७ जना डेंगुबाट सङ्क्रमण पुष्टि भएको छ  ।