|  

हाल सम्म कुन दलको कति स्थानमा अग्रता, कसले कहाँ जिते ? 

५ मंसिर, काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना धमाधम भइरहेको छ ।आइतबार मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने भनिएता पनि आज बिहानबाट मात्रै मतगणना सुरु भएको हो ।

कतिपय जिल्लामा अझै मतगणना हुन सकेको छैन भने कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा मतगणनाको तयारी भइरहेको छ । अहिले सम्म गणना भइरहेका विभिन्न क्षेत्रहरूको प्रारम्भिक मत गणनामा भने नेकपा एमाले र नेपाली कांग्रेसले १६र१६ स्थानमा अग्रता लिएका छन् । त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो हुदै ५ स्थानमा अग्रता लिएको छ ।

त्यसैगरी राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीले दुई दुई क्षेत्रमा अग्रता लिएका छन् ।हाल जारी रहेको मतगणनामा काठमाडौं क्षेत्र नम्बर -३ र ९, ललितपुर क्षेत्र नम्बर- १,२ र ३, दैलेख– १, झापा- २ सुर्खेत- २, धनुषा- ३, र चितवन २ लगायतका क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । यस्तै, नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर- ४ र ५, सुर्खेत- १, मकवानपर- १, भक्तपुर -२, तनहुँ -२, मोरङ –६, कञ्चनपुर- ३ र अछाम- २ लगायतका १५ स्थानमा अग्रता लिएको छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले झापा- ४, कास्की- २, काठमाडौं- ६,र ८ मा अग्रता लिएको छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टीले झापा -३, काठमाडौं- १ बाँके -२ मा अग्रता लिएको छ । माओवादी केन्द्रले दाङ -२ बाट अग्रता लिएको छ । नेकपा एकीकृत समाजवादीले धादिङको एउटा निर्वाचन क्षेत्रबाट अग्रता लिएको छ । यस्तै कैलाली क्षेत्र नम्बर -१ र ३ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । उता सिके राउत नेतृत्वको जनमत पार्टीले दुई स्थानमा अग्रता लिएका छन् ।

काँग्रेसले प्रतिनिधि र प्रदेश सभामा मुस्ताङबाट खाता खोल्यो

नेपाली काँग्रेसले आम निर्वाचन २०७९ मा प्रतिनिधि र प्रदेश सभामा मुस्ताङबाट खाता खोलेको छ । एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेपाली काँग्रेसका योगेश गौचन थकाली ३ हजार ९९२ मत ल्याएर विजयी भएका छन् ।उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार एवं पूर्व सांसद प्रेम तुलाचनले ३ हजार ७८ मत ल्याएका थिए। त्यसैगरी मुस्ताङको प्रदेश सभा ‘क’ बाट काँग्रेसकै नाम्डु गुरुङ विजयी भएका छन् । गुरुङले १ हजार ४८ मत ल्याउँदा एमालेका इन्द्रधारा ड्याडु बिष्टले ७९३ मत प्राप्त गरेका थिए ।