|  

‘वीरविक्रम २’को हिन्दी संस्करणको ट्रेलर सार्वजनिक

६ मंसिर, काठमाडौं । पल शाह अभिनित फिल्म ‘वीरविक्रम २’को हिन्दी संस्करणको ट्रेलर सार्वजनिक भएको छ ।

यो फिल्ममा पललाई अभिनेत्री वर्षा शिवाकोटीले शिर्ष भूमिकामा साथ दिएकी छन । कोरोना महामारिका कारण हलमा रिलिज हुन नपाएको हलमा चल्न नपाएको फिल्मको हिन्दी संस्करण युट्यबमा रिलिज गर्ने निर्माण टिमले जनाएको छ । भर्चुअल रिलिजअघि फिल्मको ट्रेलर रिलिज भएको हो ।

यो फिल्म पुस १५ मा ओएसआर इन्टरनेसनलको युट्युब च्यानलमा रिलिज गरिने फिल्मका निर्देशक मिलन चाम्सले बताएका छन । फिल्मको नेपाली संस्करण भने हलमा रिलिज भैसकेको छ ।

फिल्ममा पल र वर्षाका साथमा नाजिर हुसेन, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायत कलाकारले अभिनय गरेका छन्। सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व र प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा मित्रताको कथा प्रस्तुत गरिएको छ ।