|  

सुनको भाउ आज तोलामा ३०० रुपैयाँले गिरावट

६ मंसिर, काठमाडौं । सुनको भाउ आज तोलामा ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, मंगलबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर १२ सय ८० रुपैयाँ कायम भएको छ । सोमबार भने चाँदीको भाउ प्रतितोला १२ सय ६५ रुपैयाँ कायम रहेको थियो ।