|  

थप ५ जनामा कोरोना पुष्टि, २० डिस्चार्ज 

६ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज १ हजार २ सय ८६ जनामा परिक्षण गदाए थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

आज  २० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोना  सक्रिय संक्रमित संख्या ३ सय ९० रहेको मन्त्रालयले जनाएको छ ।