|  

‘म सबै कुरा सधैं सहन सक्छु भन्ने छैन’: समिक्षा अधिकारी

७ मंसिर, काठमाडौं । गायिका समिक्षा अधिकारीले आफू मान्छे भएकाले आफ्नो सहन सक्ने क्षमताको सीमा हुने बताएकी छिन ।

फेसबुकको आफ्नो भेरिफाइड एकाउन्टमा आफ्नी साथीसंगको तस्बिरमा आएका आरोपहरुको खण्डन गर्दै गायिका अधिकारीले आफूले कसैको पनि पैसा नलिएको स्पष्ट पारेकी छिन । यो भनाइमार्फत उनले आफूलाई १० लाख रुपैयाँ लिएको आरोपको खण्डन गरेकी हुन ।