७ मंसिर, काठमाडौं । ओखलढुंगामा नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार रामहरि खतिवडाले निरन्तर फराकिलो मतले अग्रता कायमै लिएका छन ।
खतिवडाले १९ हजार २ सय ८३ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारले १५ हजार पाँच सय ८७ मत ल्याएर पछ्याउँदै छन । उनीहरूको मतान्तर ३ हजार ६ सय ६६ मत छ। जनता समाजवादी पाटीका उम्मेदवार जुद्धबहादुर राईले ६ सय ३७ मत पाएका छन ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शोभा कार्कीले ४ सय ६५ मत ल्याएकी छिन्।