|  

सुनको भाउ तोलामा ४ सय रूपैयाँले गिरावट

७ मंसिर, काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ तोलामा ४ सय रुपैयाँले गिरावट आएको छ ।

हिजो प्रतितोला ९७ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ४ सय रूपैयाँले घट्दै ९६ हजार ८ सयमा झरेको हो । यस्तै तेजाबी सुनको भाउ पनि आज तोलामा ४ सय रूपैयाँले नै घट्दै ९६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको भाउ भने आज तोलामा ५ रूपैयाँले घट्दै एक हजार २७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।