|  

थप ४ जनामा कोरोना पुष्टि 

५ मंसिर, काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज १ हजार २ सय ८५ जनामा परिक्षण गर्दा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ । २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोना सक्रिय संक्रमित संख्या ३७३ रहेको मन्त्रालयले जनाएको छ ।