|  

दोलखामा मत गणना गर्न माग गर्दै तरूण दल र वाइसिएलको मसाल जुलुस

५ मंसिर, काठमाडौं ।  दोलखामा मत गणना गर्न माग गर्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् ।

कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दल र माओवादीको भ्रातृ संस्था वाइसिएलले दोलखामा आज अपरान्ह मसाल जुलुस र नारावाजी गरेका हुन्।

मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भए पनि दोलखामा मतगणना भएको छैन।मतपेटिका चरिकोट ल्याएर राखिएको छ। नेकपा एमालेले दोलखाका ५ ठाउँमा बुथ कब्जा भएकोले पुनःनिर्वाचन गराउन माग गरेको थियो।