|  

गौशालास्थित तरकारी बजारमा आगलागी  

५ मंसिर, काठमाडौं ।  महोत्तरीको गौशालामा विद्युत् सर्ट भएर आगलागी हुँदा लाखौको क्षति भएको छ। बुधबार साँझ अचानक पसलमा विद्युत् सर्ट भई आगलागी भएको हो।

गौशाला बजारस्थित तरकारी बजारमा सञ्चालित श्रृति कस्मेटिक पसलमा आगलगी भएको हो। आगलागीले लाखौ मूल्य बराबरको सामान जलेर नष्ट भएको पीडित सञ्चालक सुशील पासवानले बताएका छन्। पसल बन्द गर्ने तरखरमा रहँदा आगलागी भएको पासवानले जानकारी दिए।

घटनास्थलमा समयमै प्रहरी पुगी स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएर थप क्षति हुनबाट जोगिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रन्जन मिश्रले बताए।