|  

भारतीय गाडीमा सिके राउतको विजय जुलुस

७ मंसिर, काठमाडौं।  सप्तरी–२ बाट भारी मतका साथ विजयी बनेका जनमत पार्टीका अध्यक्ष सिके राउतको आज विजय र्‍याली गरिएको छ ।

उक्त र्‍यालीमा ठूलो संख्यामा समर्थकहरू सहभागी भए ।मत परिणाम घोषणापश्चात् राउतसहित प्रदेशसभाका विजयी उम्मेदवार जिल्ला निर्वाचन आयुक्तको कार्यालयमा प्रमाणपत्र लिन पुगेका थिए । प्रमाणपत्र लिएर निस्केपछि उनीहरू विजय र्‍यालीमा सहभागी भएका हुन् ।

त्यस क्रममा उनीहरू भारतीय नम्बर प्लेटको गाडीमा सवार भएका थिए ।आज घोषित परिणाम अनुसार राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै चुनाव जितेका हुन् । सप्तरी २ मा १८ हजारभन्दा बढी मतान्तरले उनले यादवलाई पछि पारेका छन् ।