|  

उपाधि दावेदार मानिएको जर्मनीलाई हराउँदै जापान विजयी

७ मंसिर, काठमाडौं। उपाधि दावेदारको रुपमा दरिएको जर्मनी फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा जापानसँग पराजित भएको छ ।

आज पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा एसियाली राष्ट्र जापानले सानदार पुनरागमन गर्दै २-१ को अप्रत्याशित जित निकालेको हो । यो जितसँगै समूह ई मा जापानले ३ अंक जोडेको छ । समूहको अर्को खेलमा आज स्पेन र कोस्टारिका भिड्दैछन् ।