|  

फिफा विश्वकप: क्यानडालाई १-० ले हराउँदै बेल्जियम विजयी

८ मंसिर, काठमाडौं। फिफा विश्वकप कतार २०२२ अन्तर्गत बेल्जियमले विजयी सुरुवात गरेको छ ।

समूह एफ को खेलमा बेल्जियमले क्यानडालाई १-० ले पराजित गरेको हो । बेल्जियमले यस जितसँगै ३ अंक जोडेको छ । क्रोएसिया र मोरक्कोको १-१ अंक छ । यस‌ समूहको पहिलो खेलमा क्रोएसिया र मोरक्कोले गोलरहित बराबरी खेलेका थिए ।