|  

कोस्टारिका स्पेनसँग ७-० गोलको अन्तरमा पराजित

८ मंसिर, काठमाडौं। स्पेनले समूह फिफा विश्वकप २०२२ मा सानदार जितको सुरुआत गरेको छ ।

कोस्टारिकालाई स्पेनले ७–० गोलको नतिजामा पराजित गरेको हो । स्पेनले विश्वकप इतिहासमा पहिलो पटक एक खेलमा सात गोल गरेको हो । स्पेन र क्रोयसियाले पनि विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा गरेका हुन् । जितसँगै स्पेनले समूह ‘ई’ मा तीन अंक जोडेको छ ।

स्पेनले समूह चरणको दोस्रो खेलमा सोमबार जर्मनी सँग प्रतिस्पर्धा गर्नेछ । कोस्टारिका ले आइतबार जापानको सामना गर्नेछ । समूह ‘ई’ को पहिलो खेलमा बुधवार साँझ जापानले जर्मनीलाई २–१ गोलको नतिजामा पराजित गरेको थियो ।