|  

ई-सेवाको टोल फ्री नम्बरमा समस्या

८ मंसिर, काठमाडौं । डिजिटल वालेट तथा भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाको टोल फ्रि नम्बरमा प्राविधिक समस्या देखिएको छ ।

प्रयोगकर्ताले भुक्तानीमा समस्या ब्यहोरी रहँदा कम्पनीले यस्तो जानकारी गराएको हो । विश्वकप फुटबल सुरु भए यता टेलिभिजनमा लाइभ हेर्न चाहने प्रयोगकर्ताले च्यानलको सब्सक्रिप्सन लिने क्रममा एप लगइन तथा भुक्तानी गर्न नपाएको गुनासो गर्दै आएका छन । ई–सेवाको टोल फ्रि नम्बरमा प्राविधिक समस्या आएका कारण ग्राहक वर्गमा पर्न गएको असुविधाको लागि हामी क्षमा प्रार्थी छौँ, कम्पनीले एक सूचना प्रकाशित गर्दै भनेको छ ।

सेवा अपडेट भएपछि जानकारी गराउने भन्दै यस अवधिमा आवश्यक परेमा आफ्नो सामाजिक सञ्जाल माध्यमहरू मार्फत सम्पर्क गर्न समेत कम्पनीले आग्रह गरेको छ ।