|  

देशभर थप ६ जनामा कोरोना पुष्टि 

८ मंसिर, काठमाडौं ।   नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज ९ सय ९० जनामा परिक्षण गर्दा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ । आज ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोना सक्रिय संक्रमित संख्या ३ सय ४५ रहेको मन्त्रालयले जनाएको छ  ।