|  

बलिउड अभिनेत्री सबाना काठमाडौंमा 

८ मंसिर, काठमाडौं ।  बलिउड अभिनेत्री सबाना आजमी बिहिबार काठमाडौंमा आइपुगेकी छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महोत्सव संयोजक सिर्जना सुब्बा लगायतले स्वागत गरे ।आजमी भोलिदेखि सुरु हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा भाग लिन नेपाल आएकी हुन् ।

महोत्सवमा अभिनेत्री आजमीले अभिनय सम्बन्धी मास्टरक्लास संचालन गर्ने कार्यक्रम छ ।आइतबार भारत फर्कने आजमीले नेपालमा रहँदा मण्डला थिएटरमा चल्ने नाटकहरु पनि अवलोकन गर्नेछिन् ।