|  

बिदा भए म्यादी प्रहरी

८ मंसिर, काठमाडौं ।    प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मङ्सिर ४ गते भएको निर्वाचन सुरक्षामा खटिएका एक लाख १५ हजार म्यादी प्रहरी (अस्थायी)को बिहीबार बिदाइ गरिएको छ ।

गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो । नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो ।म्यादी प्रहरीलाई धन्यवाद तथा प्रमाणपत्रसहित बिदाइ गरिएको छ ।