|  

निर्वाचनको दुई दिनअघि बैंकबाट बाहिरियो ५ अर्ब

८ मंसिर, काठमाडौं ।  मंसिर महिनाको दुई दिनमै वाणिज्य बैंकहरूको निक्षेप पाँच अर्ब रूपैयाँले घटेको छ। कात्तिक ३० मा ४५ खर्ब ६३ अर्ब रूपैयाँ निक्षेप रहेकोमा मंसिर २ गते ४५ खर्ब ५८ अर्बमा सीमित भएको छ।

निर्वाचन अघि बैंकबाट राम्रै पैसा बाहिरिएको देखिएको छ। स्वदेशी मुद्रामा रहेको निक्षेप चार अर्ब रूपैयाँले र विदेशी मुद्रामा रहेको निक्षेप एक अर्ब रूपैयाँले घटेको हो।

बैंकहरूको कर्जा लगानी पनि यो अवधिमा दुई अर्ब रूपैयाँले घटेर ४२ खर्ब १९ अर्ब रूपैयाँमा सीमित भएको छ। निक्षेप घटेपनि बैंकहरूको कर्जा निक्षेप अनुपातमा भने सुधार भएको छ।