|  

प्रचण्डलाई ओलीको फोनःअब मिलेर अघि बढौं

८ मंसिर, काठमाडौं ।   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेका छन् ।

चुनावी नतिजा सार्वजनिक हुने क्रम जारी रहेको बेला ओलीले दाहाललाई फोन गरेका हुन् । पछिल्लो मतपरिणामअनुसार दुवै दलको अवस्थामा विगतभन्दा अवस्था खस्किएको छ ।आगामी दिनमा मिलेर जानुपर्ने ओलीको प्रस्ताव रहेको दाहालको सचिवालयले जनाएको छ। प्रचण्डले भने यसबारेमा निर्वाचनको अन्तिम परिणाम आएपछि छलफल गर्ने जवाफ दिएका छन् ।

दाहालपनि पछिल्लो समय कांग्रेसले निर्वाचनमा माओवादीलाई घात गरेको निश्कर्षमा पुगेका छन् ।अहिलेपनि जनमत बलियो वामपन्थी एकता भएकोबारे दुवै नेताबीच कुराकानी भएको थियो ।

कतिपयले भने ओलीले सरकार गठनको लागि माओवादीलाई विश्वासमा लिन खोजेकोबारे पनि चर्चा गर्न थालेका छन् ।नेकपा विघटन भएर एमाले र माओवादी अलग अलग भएपछि दुई नेताबीच पहिलोपटक फोन सम्वाद भएको हो ।