|  

रौतहट ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी

८ मंसिर, काठमाडौं।  रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी भएका छन् ।

एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका साहले ३२ हजार ४३७ मत पाए । यस्तै अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाशले २५ हजार २०० मत पाए ।

नेकपा माओवादी केन्द्रका रवीन्द्र पटेलले ८ हजार ५५८ मत पाउँदा नागरिक उन्मुक्ति पार्टीका नागेन्द्र चौधरीले १७२३ मत पाए ।