८ मंसिर, काठमाडौं । बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका सूर्य ढकाल विजयी भएका छन् ।
ढकालले २५ हजार २६ मत प्राप्त गरी निर्वाचित भएको सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले जानकारी दिए ।गठबन्धनका उम्मेदवार तथा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज १९ हजार ६३२ मतमा रोकिएका छन् । नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार चार सय ६५ मत प्राप्त गरेका छन् ।