|  

रुपन्देही १ मा छविलाल अघिअघि घनश्याम भुसाल पछिपछि

९ मंसिर, काठमाडौं ।  रुपन्देही क्षेत्र नं १ मा सुरुवाती मतगणनादेखि नै थोरै मतले अग्रता लिइरहेका नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले मतान्तर बढाउँदै लगेका छन् ।

उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिन एमाले छाडेर सत्तारुढ दलको गठबन्धनबाट उम्मेदवार बनेका घनश्याम भुसालले विश्वकर्मालाई पछ्याइरहेका छन् । ९५ हजार ९८७ मत खसेको यो क्षेत्रमा अहिलेसम्म ६३ हजार १८८ मत गणना भएको छ ।

पछिल्लो पटक सार्वजनिक परिणामअनुसार एमालेका विश्वकर्माले १५, हजार १९८ मत ल्याएका छन् भने सत्तारुढ गठबन्धनका उम्मेदार भुसालले १२, हजार ५५३ मत ल्याएका छन् ।सुरुवाती चरणमा यहाँबाट नागरिक उन्मुक्तिका धनीराम चौधरी प्रतिस्पर्धामा आएपनि अहिले पछाडि छन् ।

अहिले उनको ८ हजार ४९६ मत रहेको छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदारले ७ हजार ८४२ मत ल्याएका छन् भने जनमतका उम्मेदारले ३ हजार ९६८ तथा स्वतन्त्र उम्मेदारले उम्मेदारले २ हजार १० मत ल्याएका छन् ।