|  

इलाम २ मा पूर्व सभामुख नेम्वाङको अग्रता कायमै

९ मंसिर, काठमाडौं । इलाम क्षेत्र नं २ मा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको अग्रता कायमै छ ।

नेम्वाङ नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का भन्दा १ हजार ८५३ मतले अघि छन् । एमालेका उम्मेदवार नेम्वाङ १८ हजार ५७६ मत ल्याई इलाम २ मा अग्रस्थानमा छन । 

निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार खड्का १६ हजार ७२३ मतका साथ पछ्याइ रहेका छन् ।