|  

भारतीय ट्रकको ठक्करबाट चितवनमा १ पुरुषको मृत्यु

९ मंसिर, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-१ रामनगरमा भारतीय ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

गए राति भारतको उत्तर प्रदेश राज्य सहारानपुर गाउँ बस्ने वर्ष ३८ को तलिस खानले चलाएको एचआर५५एक्स १४८२ नंको भारतीय ट्रकले अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
शव भरतपुर अस्पतालको शवगृहमा राखिएको र अहिलेसम्म पहिचान हुन नसकेको बतायएको छ ।