|  

रामेछाप प्रदेशसभा (क) मा शान्तिप्रसाद पौडेललाई हराउँदै तारानारायण श्रेष्ठ विजयी  

९ मंसिर, काठमाडौं । रामेछापको प्रदेशसभा सदस्य (क) मा नेकपा (माओवादी केन्द्र)का तारानारायण  श्रेष्ठ निर्वाचित भएका छन् ।

नेकपा (एमाले) का उम्मेदवार शान्तिप्रसाद पौडेललाई १ हजार ९९१ मतले पराजित गर्दै लोकतान्त्रिक वाम गठबन्धनबाट श्रेष्ठ बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । श्रेष्ठ १७ हजार १४८ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्दी पौडेलले १५ हजार १५७ मत मात्रै प्राप्त गरेका छन् ।