|  

चितवन-३ मा राप्रपाका पाण्डेको अग्रता कायमै

९ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ चितवन निर्वाचन क्षेत्र ३ मा राप्रपाको अग्रता कायमै छ ।

राप्रपाका विक्रम पाण्डेले २५ हजार ६५२ मत प्राप्त गरि अग्रता लिइरहेका छन् । उनी निकटतम प्रतिस्पर्धीभन्दा ८ हजार २५६ मतले अगाडि छन  ।

त्यस्तै, माओवादी केन्द्रका डा। भोजराज अधिकारीले १७ हजार ३०६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका जीता बरालले १३ हजार १४ मत प्राप्त गरेका छन् । दिनेश कोइरालाले स्वतन्त्रबाट ९ हजार ९७ मत पाएका छन ।