|  

बाँकेमा ३ वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु, ३ जना घाइते

९ मंसिर, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा तीन वटा मोटरसाइकल एक आपसमा ठक्कर खादा २ जनाको मृत्यु भएको छ । भने तीन जना घाइते भएका छन् ।

दुर्घटनामा वीरगञ्ज महानगरपालिका-२३, पोखरीयाटोलका ३६ वर्षका राम लोचन पटेल र पर्स मिर्जापुर-१ घर भइ जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हवल्दार ३८ वर्षीय  बाबुलाल प्रसाद साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । प्रदेश २-०२-००३ प ९१७८ नम्बरको मोटरसाइकल र प्रदेश २-०३-०१७ प ७१८७ नम्बरको मोटरसाइकल र स ९ प १५९१ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

दुर्घटनामा घाइते भएका पर्सा वीरगञ्ज महानगरपालिका-२३ सबैठवा घर भएका २४ वर्षीय  सोनेलाल प्रसाद यादव, सिरहाको कर्जन्हा नगरपालिका-११ बस्ने वर्ष ५० का चन्देश्वर महतो  र महतोकै श्रीमती  ४५ वर्षीया जयन्ती कुमारी महतोको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।