|  

बर्दिबासबाट लागूऔषधसहित एक युवक पक्राउ

९ मंसिर, काठमाडौं । नियन्त्रित लागूऔषध ओसारपसारमा संलग्न एक युवक पक्राउ परेका छन् ।

मोटरसाइकलको फिल्टर बक्सभित्र लागूऔषध लुकाएर पहाडी भेगतर्फ जाँदै गरेका सिन्धुली तीनपाटन ११ चकमकेका २५ वर्षीय सागर श्रेष्ठलाई विभिन्न नामका ७६० थान लागूऔषधसहित आज प्रहरीले पक्राउ गरेको हो । बर्दिबासस्थित इलाका प्रहरीका डिएसपी रवि रावलकाअनुसार बर्दिबास १ स्थित बीपी राजमार्गमा नियमित चेकजाँचका क्रममा श्रेष्ठ पक्राउ परेका हुन । ज ५ प १८५ नंको मोटरसाइल चढी दक्षिणबाट उत्तरतर्फ जाँदै गरेका श्रेष्ठलाई तलासी लिदा उक्त लागूऔषध फेला परेको रावलले जानकारी दिए ।


बरामद लागूऔषधमा नाईट्राभेट-टेन ४५० थान, आडपाम ३०० थान र नाइट्रोसन १० थान चक्की छन् । श्रेष्ठमाथि सघन अनुसन्धान सुरु गरिएको बर्दिबास प्रहरीले जनाएको छ ।