|  

बिष्णु पौडेलको क्षेत्र रूपन्देही २ मा मतगणना अवरुद्ध

९ मंसिर, काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष बिष्णु पौडेलले अग्रता लिइरहेको रूपन्देही २ मा मतगणना अवरुद्ध बनेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरूले मतदान अधिकृतले दिएको डाटा र तथ्यांक फारममा लेखिएको संख्या मात्र फरक परेको भन्दै मतगणना रोक्न माग गरेका हुन । हालसम्मको मतगणनाअनुसार यो क्षेत्रमा पौडेलले २३ हजार ७ सय ९३ मत पाएका छन् भने रास्वपाका गणेश पौडेलले २२ हजार ८ सय ८७ मत पाएका छन्।