|  

नवलपरासी २ मा राप्रपाका ध्रुबबहादुर प्रधान विजयी

९ मंसिर, काठमाडौं । नवलपरासी क्षेत्र नम्बर २ (बर्दघाट सुस्ता पश्चिम) मा राप्रपाका उम्मेदवार ध्रुबबहादुर प्रधान प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेल पराजित भए। राप्रपाका प्रधानले ३४ हजार ९ सय ५९ मत ल्याउँदा कँडेलले जम्मा १९ हजार पाँच सय ९४ मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार दिपेन्द्रकुमार अधिकारीले १४ हजार चार सय ९८ मत ल्याएका छन । मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले मतगणना सकिएको र औपचारिक घोषणा गर्न बाँकी रहेको बताए।