|  

हुम्लामा प्रतिनिधि सभा सदस्यको मतगणना स्थगित  


९ मंसिर, काठमाडौं । हुम्लामा प्रतिनिधि सभा सदस्यको मतगणना स्थगित भएको छ ।
एउटा मतदान केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएपछि मतगणना स्थगित भएको हो । हिमज्योती माध्यमिक विद्यालयको केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएको हो । १२ देखि १५ मतपत्र बढी देखिएको भन्दै एमालेले मत गणना रोक्न माग गरेको हो ।